Sujang

कैलालीमा कुटपिटबाट १ जनाको मृत्यु, ७ जना पक्राउ

मंसिर १३, कैलाली :कुटपिटबाट कैलालीको घोडाघोडी नगरपालिका-२ बस्ने २६ वर्षीय मोहन अधिकारीको मृत्यु भएको छ ।

कुटपिटमा संलग्न रहेको अभियोगमा लम्कीचुहा नगरपालिका-९ घोराघाट बस्ने २३ वर्षीय विवेक भुल समेत ७ जनालाई प्रहरीले पक्रेको छ ।

 

पक्राउ पर्ने अन्यमा लम्कीचुहाकै विशाल भुल, गणेश भुल, सन्तोष परियार, पिन्टु चौधरी, दिलबहादुर चौधरी र पुरन सार्की छन् ।

लम्कीचुहा नगरपालिका-९ घोराघाटस्थित आफन्तको विवाहमा आएका मोहनलाई विवेक लगायतका व्यक्तिहरूले मंगलबार राति कुटपिट गरेको प्रहरीको दाबी छ ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.