Sujang

जबरजस्ती करणी गरेको आरोपमा डोटीमा ३ जना पक्राउ

मंसिर ६,डोटी : डोटीमा एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

जिल्लाको बडीकेदार गाउँपालिका वडा न २ का १८ वर्षीय गोपाल साउद, १९ वर्षीय करन साउद र २६ वर्षीय प्रेम धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

 

उनीहरूले मंसिर १ गते साँझ साढे ६ बजेको समयमा १७ वर्षीय किशोरीलाई सामूहिक जबरजस्ती करणी गरेको आरोप छ । घटना १ गतेको भएपनि प्रहरीलाई २ गते सूचना प्राप्त भएपछि आरोपित तीनैजनालाई सोही दिन प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम विष्टले जानकारी दिएको छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.