Sujang

ब्रेनह्याम्रेज पीडितको उपचारमा सहयोगका लागि परिवारको अपिल

प्रकाश बम,मंसिर ६ ,डोटी :ब्रेनह्याम्रेजबाट पीडितको उपचारमा समस्या भएपछि परिवारले सहयोग लागि अपिल गरेको छ ।

डोटीको बोगटान फुड्सिल गाउँपालिका – ६ गगुडा बस्ने ४५ बर्षिया गणेश बहादुर चन्द ‘गंगा’को  आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै परिवारले सहयोगको लागि अपिल गरेको हो ।
ब्रेनह्याम्रेजबाट पीडित चन्दको अहिले भारतको पंजावमा रहेको अरोणा न्युरो सेन्टर  अस्पतालमा उपचार भइरहेको छ ।
घरको आर्थिक अवस्था कमजोर भएका कारण उनको  उपचारमा समस्या भएको आफन्त कर्ण चन्दले बताए ।
उनले भने ,‘ परिवारको आर्थिक अवस्था कमजोर भएकोले रकम जोहो गर्न सक्ने अवस्था  छैन् । अहिलेसम्म होस आउन सकेको छैन ।अझै पैसाको ठुलो आवश्यकता छ । उनको उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गर्दछु ।’

देशविदेशमा रहेका मनकारी व्यक्ति तथा संघसस्थालाई सहयोग गरेर उहाँको ज्यान जोगाइ दिन सबैमा उनले अनुरोध गरे।

थप उपचारका लागि आर्थिक अभाव भएकाले सहयोग लागि अभियान सञ्चालन गरेको पिडितका भाइ बिरेन्द्र चन्दले बताए ।
उहाँलाई सहयोग गर्न चाहनेले मोबाइल नम्बर,९८४८६४२०२३, ९८५८४६६६६६ मा सम्पर्क गर्न सक्नेछन् ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.