Sujang

डोटीमा देउसी भैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने

Ban

गणेश मौनी,कार्त्तिक २५ डोटी:डोटीमा देउसी, भैलोलगायत सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम राति ९ बजेसम्म मात्र खेल्न पाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाको शान्ति सुरक्षालाई ध्यानमा राख्दै तिहारको समयमा देउसी, भैलोलगायत सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम राति ९ बजे सम्म मात्र खेल्न पाइने डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताएका हुन् ।
प्रजिअ अर्यालले शुक्रवार एक सूचना जारी गदै चाडपर्व लाई सुरक्षित शान्तिपूर्ण एवं उल्लासमय वातावरणमा मनाउने परिस्थितिको लागि चाडपर्वको नाममा हुनसक्ने अवान्छिक कार्यहरूको नियन्त्रणमा सहयोग पुर्‍याउनु सबैको जिम्मेवारी भएकोले कानुन विपरीत शान्ति सुरक्षामा असर पुग्ने कार्य नगर्न आग्रह गरे ।
चाडपर्व मनाउने क्रममा पटाका, भुइँचम्पा, आतिशवाजी लगायतका प्रज्वलनशील पदार्थ प्रयोग, बिक्री, वितरण, ओसारपसारे कार्य गर्न गराउन नर्पाइने, मादक पदार्थ सेवन गरी सार्वजनिक स्थलमा होहल्ला, र झैँ झगडा गरी शान्ति सुरक्षा लाई असर गर्ने गतिबिधी गर्न गराउन नपाइने, जुवा तास, लङ्गुर बुर्जा जस्ता रुपियाँको हारजित हुने कानुन बिवरितका खेल खेल्ने वा खेलाउने कार्य गर्न नपाइने, सवारी साधनमा क्षमता भन्दा बढी यात्रु राख्न र विभिन्न बहानामा यात्रुहरूसँग बढी रकम असुल गर्न नपाइने, बजारमा माल बस्तुहरूको कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी गर्ने, तथा उपभोक्ता हकहित विवरितका कार्य गर्न गराउन नपाइने जारी सूचनामा उल्लेख गरिएको छ ।
यदि कसैले त्यस्ता कार्य गरेको पाइएमा कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने समेत प्रजिअ अर्यालले बताए।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.