Sujang

कैलाली जिल्ला अदातलबाट पेस्तोल सहितका सामान चोरी

कार्तिक २१ ,धनगढी :कैलाली जिल्ला अदातलबाट पेस्तोल सहितका सामान चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले अदातलको अभिलेख शाखा झ्यालको ग्रिल फोडेर चोरी भएको बताएका हुन् ।

अदालतको अभिलेख शाखााट दशी प्रमाण रुपमा प्राप्त एक थान कटुवा पेस्तोल, गोली, मोवाईल लगायत चोरी भएको उनले बताए। अदालतमा चोरी भएको घटनामा संलग्नको खोजी कार्य भईरहेको र चोरको पहिचान नभएको प्रहरी भनाई छ। अदालतबाटै हतियार सहितका सामान चोरी भएपछि सर्वत्र चासो ब्यक्त गरिएको छ ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.