Sujang

कैलालीमा दुई जना मृत फेला

असोज, ५-कैलालीको छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा भेट्टीएका छन् । गोदावरी नगरपालिका वडा नम्बर १२ को शान्तिनगर र धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा गरी दुई जना मृत अवस्थामा भेट्टिएका प्रहरीले जनाएको छ ।

गोदावरी १२ को शान्तिनगरमा २५ वर्षीय मदन बडेला र धनगढी उपमहानगरपालिका १ को कैलाली कारागार पछाडि कञ्चनपुरको कृष्णनगरपालिका नगरपालिका वडा नम्बर ८ का ७४ वर्षीय धनसिंह जेठारा मृत अवस्थामा भेट्टिएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

वुधवार आफ्नै घरको आँगनमा मृत अवस्थामा भेटिएको बडेलाको टाउको र खुट्टामा चोट लागेकाले हत्या आशंकामा अनुसन्धान अघि बढाइएको प्रवक्ता जोशीले वताए ।

छोरीको घर आएका जेठारा हिजो साँझ बाहिर निस्किएका र अबेरसम्म नफर्किएपछि खोजी गर्दै जादा वुधवार बिहान मृत अवस्थामा भेट्टिएका र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.