Sujang

नलगाड नगरपालिकाकी उप-प्रमुख सिंहको भुकम्पमा परी निधन

कार्तिक १८,जाजरकोट :भूकम्पमा परी नलगाड नगरपालिकाकी उप प्रमुख सरिता सिंहको मृत्यु भएको छ ।

शुक्रवार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्र बनाएर गएको ६.४ रेक्टरको भूकम्पमा परी अहिलेसम्म जाजरकोट र रुकुममा १२८ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

भूकम्पमा परी हराएकाहरुको खोज तथा उद्दार जारी रहेकोले मृतक र घाईतेको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

जाजरकोट सदरमुकामा रहेको घरमा सुतेको अवस्थामा नलगाड नगरपालिकाकी उपप्रमुख सिंहको घर भत्किँदा मृत्यु भएको हो । उनी गत चुनावमा कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.