कार्तिक २:डोटीका एक युवक कंगोमा सिकिस्त बिरामी भएका छन् । उनलाई कंगोस्थित अस्पतालमा आईसियुमा भर्ना गरिएको छ ।
गैर आवासीय नेपाली संघ कंगोका अनुसार सिकिस्त बिरामी भएका डोटीको आदर्श गाँउपालिका–६ अगेडाका सुरेश सिल्ला अस्पतालमा भर्ना गरिएका छन् ।
उनको परिवारका व्यक्ति भने सम्पर्कमा छैनन । गैर आवासीय नेपाली संघ कंगोका अध्यक्ष कृष्ण गिरीले परिवारजनसंग सम्पर्क गर्ने कोसिस गरिरहेको बताए । राहदानीमा उल्लेख भए अनुसार उनको स्थायी ठेगाना डोटी रहेको खुलेको छ । गिरीले भने, तर परिवारजसंग सम्पर्क गर्न सकिरहेका छैनौ । कसैलाई सुरेशका परिवारका बारेमा हामीसंग सम्पर्क गराई दिनुहोला ।
सुरेशको राहदानीमा जरुरी परेमा सम्पर्क गर्ने व्यक्तिको बिवरणमा पदम बहादुर सिल्ला उल्लेख छ ।
अफ्रिकाको नाईजेरियामा कार्यरत गैर आवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष कैलाली निवासी हिक्मत थापाले सुरेशको परिवारसंग सम्पर्क गर्ने कोसिस गरिरहेको बताए ।
थापाले सुरेशको परिवारको बारेमा जानकारी भए परिवारजनलाई एनआरएनए कङ्गोका अध्यक्ष बिष्णु गिरीलाई ९८५६०३०८०६नम्बरमा सम्पर्क गराई दिन अनुरोध गरेका छन् ।
सुरेशको अवस्था गम्भीर छ । मलेरिया र जण्डिसले च्यापेपछि अस्पताल भर्ना गरिएका उनको अवस्था अचेत छ ।
उनी केही समयअघि कामका लागि कंगो पुगेको बताईन्छ । तर उनलाई कसले र कहिले कंगो पु¥यायो त्यो भने खुल्न सकेको छैन । -पश्चिम टुडे