Sujang

प्रेस युनियन डोटीद्वारा शुभकामना आदान प्रदान

असोज २७,डोटी :विजया दशमी, दिवपालि तथा छठ पर्वको अवसरमा नेपाल प्रेस युनियन डोटी शाखाले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
दिपायलमा एक कार्यक्रमका बिच शुक्रवार  शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस डोटीका पार्टी सभापति नरेन्द्रवहादुर सिंहले लोकतन्त्रलाई बलियो बनाउनु प्रेस  युनियनको महत्त्वपूर्ण भूमिका रहेको बताए । नेपाल प्रेस युनियनलाई पार्टीको साथ सहयोग रहने समेत उनले बताए  ।

कार्यक्रममा नेपाली काँग्रेसका पूर्व पार्टी सभापति द्वय यज्ञराज पाठक, भक्तबहादुर बलायरले पार्टीका हरेक गतिविधिमा नेपाल प्रेस युनियनको  महत्त्वपूर्ण भूमिका रहेको बताए।
नेपाल प्रेस युनियनको वर्तमान अवस्थाका तथा चुनौतीका बारेमा नेपाल पत्रकार महासंघका अध्यक्ष मोहन शाहीले कार्यपत्र प्रस्तुत गरेका थिए  ।
कार्यपत्र प्रस्तुत पछि खुला सत्रमा विभिन्न व्यक्तिहरूले आफ्ना धारणा राखेका थिए ।
शुभकामना आदान प्रदान कार्यक्रममा नेपाल प्रेस युनियन डोटी शाखाले नव निर्वाचित महासमिति सदस्य, नवनिर्वाचित उद्योग वाणिज्य संघका पदाधिकारी, नव निर्वाचित नेपाल सांस्कृतिक महासंघका पदाधिकारी लगायतलाई सम्मान समेत गरेको थियो ।
नेपाल प्रेस युनियन डोटी शाखाका अध्यक्ष चक्र कुँवरको अध्यक्षतामा गरिएको कार्यक्रममा नेपाली काङ्ग्रेस नेता कार्यकर्ता , नगर प्रमुख तथा उप प्रमुख ,गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, भातृ तथा शुभेच्छुक संघसंगठनका प्रमुख प्रतिनिधि ,नागरिक समाजका प्रमुख प्रतिनिधि , डोटी उद्योग वाणिज्य संघका प्रमुख प्रतिनिधि , ब्रह्मा कुमारी ईश्वरीय विश्व विद्यालय राजपुर र सिलगढीका प्रमुख सञ्चालिका दिदीहरू लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन प्रेस युनियनका सचिव विक्रम खड्काले गरेका थिए ।
Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.