Sujang

नेपाल सांस्कृतिक महासंघको अध्यक्षमा रावल

असोज २५,दिपायल –नेपाल सांस्कृतिक महासंघ डोटीको अध्यक्षमा राम बहादुर रावल निर्वाचित भएका छन् । बिहीबार दिपायलमा सम्पन्न शाखाको दोश्रो अधिवेशनबाट रावलको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

शाखाको उपाध्यक्षमा निर्मला खत्री खड्का, सचिवमा खगेश्वरी साउँद, सह सचिवमा नवराज बिक निर्वाचित भएका छन् । विभिन्न पालिकाको नेतृत्व गर्दै अन्य १४ सदस्यहरु पनि सर्व सम्मत निर्वाचित भएका छन्।

जिल्ला कार्यसमितिसँगै केन्द्रीय र प्रदेश प्रतिनिधि समेत चयन गरिएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल संस्कृतिक महासंघको देशभर शाखाहरू रहेका छन् । महासंघमा विभिन्न विधाका १२ वटा संगठनहरु आबद्ध छन् । जिल्लाका सबै पालिकाहरुमा शाखाहरू विस्तार गरिएको छ ।

 

Salmuni
Leave A Reply

Your email address will not be published.