Sujang

नेपाली उपभोक्ता महासंघद्वारा जिल्ला प्रसासन डोटीलाई पाँच बुँदे ज्ञापनपत्र 

Ban
Krishi
धन बहादुर बोहरा, डोटी :नेपाली उपभोक्ता महासंघ डोटीले जिल्ला प्रसाशन कार्यालय डोटीलाई पांच बुदे ज्ञपनपत्र बुझाएको छ । शुक्रबार महासंघले  आउँदै गरेको दसै तिहारलाई मध्यनजर गर्दै  दसै तिहारमा कालो बजारी बढ्न सक्ने  र त्यसबाट उपभोक्ता मारमा पर्नबाट जोगाउनका लागी सम्बन्धीत निकायको ध्यानाकर्षण गर्न  जिल्ला प्रसाशन कार्यालय डोटीका प्रमुख जिल्ला अधिकारीलाई ५ बुदे ज्ञापनपत्र  बुझाएको हो । प्रमुख जिल्ला अधिकारी  गोपाल प्रसाद अर्याललाई ज्ञापन पत्र  हस्तान्तरण गर्दै उपभोक्ता महासंघ डोटीका अध्यक्ष टिकाराम फुलाराले निष्पक्ष रुपले जिल्लाका मुख्य तथा स्थानिय  बाजार अनुगमन गर्न चर्को मुल्य बृद्धि, कालो बजारी  नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयबाट सबै स्थानिय तहहरुलाई निर्देसन दिए नागरीको मौलिक हकको संरक्षण हुने र यसबाट  कालो बाजारी समेत नियन्त्रण हुने उनले बताए। उक्त कार्यमा उपभोक्ता नेपाली उपभोक्ता महासंघका अध्यक्ष  फुलारा उपाध्यक्ष गाैरी कुमारी वलायर (राेकाय),उपाध्यक्ष पार्वती साउँद, महासचिव राेसन काेली,  सदस्यहरु, पत्रकारहरु लगायतको सहभागीता रहेको थिथो ।
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.