Sujang

दिपायलमा रहेको शिव शिखर सहकारी संस्था सिल

असोज १४, डोटी : दिपायलमा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय डोटीले शुक्रवार संस्थालाई सिल गरेको हो । जिल्ला प्रशासन कार्यालय डोटीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालका अनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय काठमाडौंको पत्रअनुसार शिव शिखर सहकारी संस्थाको दिपायल शाखा सिल गरिएको हो ।
यसअघि शिव शिखर सहकारी संस्थाले आफूहरूलाई ठगेको भन्दै जिल्ला प्रहरी कार्यालय डोटीमा बचतकर्ताहरूले जाहेरी दिएका थिए । शिव शिखरबाट ठगिएको भए जाहेरी दिन प्रहरीले गत जेठ ६ गते सार्वजनिक सूचना नै जारी गरेको थियो । प्रहरीले जाहेरी दिन सूचना जारी गरेपछि बचतकर्ताहरूले एक हजारदेखि १२ लाख रुपैयाँसम्म ठगिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.