Sujang

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा जोशी नियुक्त

असोज ९,कैलाली : सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा ठेकेन्द्रराज जोशी नियुक्त भएका छन् ।

 

धनगढी उपमहानगरपालिका २ का जोशीलाई मंगलबार प्रदेश प्रमुख देवराज जोशीले मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् । प्रदेश सरकारले मंगलबार नै प्रदेश प्रमुख समक्ष जोशीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गर्न नाम सिफारिस गरेको थियो ।

 

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखको कार्यालयले संविधानको १६० को उपधारा २ बमोजिम जोशीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको जनाएको छ ।

 

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.