Sujang

सुदूरपश्चिम प्रदेशमा २ सय ९६ जना प्रहरी जवान दीक्षित

गणेश मौनी,असोज ७ डोटी:सुदूरपश्चिम प्रदेशमा २ सय ९६ जना प्रहरी जवान लाई दिक्षित गरिएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले दीक्षान्त समारोहको आयोजना गरि आधारभूत तालिम प्राप्त गरेका १८–८२ औं समूह अन्र्तरगत रहि आधारभूत तालिम प्राप्त गरेका प्रहरी जवानलाई दीक्षित गरेर कार्यक्षेत्रमा पठाईएको सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक सागर बोहराले बताउनु भयो ।
दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिती समेत रहेका सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले समयको परिवर्तन सँगै नयाँ प्रकृतिका अपराधिक क्रियालाप बढ्दै गएकोले प्रहरीलाई चुनौती बढेको जनाउँदै प्रहरीले पनि नयाँ तरिकाले अनुसन्धान कार्यलाई जोड दिनुपर्ने, संबिधान प्रदत्त कानुनको अधिनमा रही प्रहरी सदैब जिम्मेबार हुनुपर्ने बताउनु भयो ।
सुदूरपश्चिम प्रदेशको सुरक्षालाई चुस्त दुरुस्त बनाउन सबै निकाएको सहयोग आवश्यक रहेको बताउदै प्रहरी आफ्नो जिम्मेबार प्रति प्रतिबद्ध रहेको समेत बताउनु भयो ।
प्रहरी नायव महानिरीक्षक बोहराले आधारभूत तालिम प्राप्त गरेका जवानहरुलाई दर्जानी चिन्ह प्रदान गरेर कार्यक्षेत्रमा प्रवेश गराउनुका साथै तालिमको विभिन्न विद्यामा उत्कृष्ट स्थान प्राप्त गर्ने प्रशिक्षार्थी र तालिम दिने प्रशिक्षकलाई प्रमाणपत्र र पुरस्कार बितरण गर्नुका साथै आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरूलाई बधाई तथा सफलताको कामना व्यक्त गर्दै आवश्यक निर्देशन समेत दिएका थिए ।
सुदूरपश्चिम प्रदेशमा २०७९ कात्तिक २० गतेबाट सुरु भई २ सय ३४ दिनसम्म सञ्चालन गरिएको प्रहरी जवानको आधारभूत तालिमको दिक्षान्त समारोहमा तालिम संयोजक प्रहरी नायब उपरिक्षक सागर बोहराले तालिम प्रतिवेदन प्रस्तुत गरेका थिए । भने कार्यक्रममा सहभागि सबैलाई तालिम केन्द्र प्रमुख समादेशक वरिष्ठ प्रहरी उपरिक्षक गणेश चन्दले सबैलाई धन्यबाद ज्ञापन गरेका हुन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र अन्तरगत रहेको प्रहरी प्रशिक्षण स्थल बुडर र प्रदेश प्रहरी तालिम केन्द्र दिपायल बाट गरि २ सय ९६ जना प्रहरी जवान दिक्षित भएका हुन् । दीक्षान्त समारोह छुट्टा छुट्टै रुपमा संचालन गरिएको थियो ।
कार्यक्रममा डोटी जिल्ला स्थित सुरक्षा निकाएका प्रमुख प्रतिनिधी, जनप्रतिनिधी, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधी, पत्रकार, लगाएत प्रशिक्षार्थीका घर परिवार र आफन्तहरुको सहभागिता रहेको थियो ।

Salmuni
Leave A Reply

Your email address will not be published.