

असोज ३, डोटी:बझाङ स्थित कालङ्गा नदीमा बगेर डोटीका एक पुरुष बेपत्ता भएका छन् । मङ्गलवार दिउँसो २ बजेतिर सायल गाउँपालिका-१ पुजारा गाउँका कलिभान पुजारा बगेर बेपत्ता भएका हुन ।
स्थानीय तथा जिल्ला अस्पताल डोटीका व्यवस्थापन समिति अध्यक्ष धनबहादुर नेपालीका अनुसार किनमेलका लागि बझाङको देउरा बजारबाट फर्किने बेला पानी खान नदीमा गएका उनी बगेर बेपत्ता हुन् । पुजारा तेडीमाहादेव आधारभूत विद्यालयमा कार्यालय सहयोगीको रूपमा कार्यरत छन् । उनको खोजी भइरहेको पारिवारिक स्रोतले बताएको छ ।
