राष्ट्रिय जनमाेर्चाकाे अध्यक्षमा पुन: बाेगटी
नेकपा एमाले , राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा बिच प्रतिगमन निम्त्याउन समीकरण भइरहेको छ :भट्ट
डाेटी-राष्ट्रिय जनमाेर्चा डाेटीकाे जिल्ला अध्यक्षमा पुन: डबल बाेगटी सर्वसम्मत निर्वाचित भएका छन् ।
शनिवार दिपायलमा सम्पन्न भएकाे दाेस्राे जिल्ला अधिबेशनले सर्वसहमत रूपमा बाेगटीलाई निर्वाचित गरेकाेे हाे । जिल्ला सम्मेलनले उपाध्यक्षमा रमेश अवस्थी, सचिवमा मान बहादुर खड्का,सह- सचिवमा खगेन्द्र जाेशी,काेषाध्यक्षमा नरेन्द्र विष्ट सहित २१ सदस्यीय कमिटि चयन भएकाे अध्यक्ष बाेगटीले जानकारी दिए ।
सम्मेलनले ४ सदस्यीय बैकल्पिक सदस्य र ६ सदस्यीय सल्लाहाकार कमिटी पनि गठन गरेकाे छ ।
राष्ट्रिय जनमाेर्चाका केन्द्रीय महासचिव मनाेज भट्टकाे प्रमुख आतिथ्यतामा सम्मेलनकाे उद्घाटन भएकाे थियाे । उद्घाटनका क्रममा महासचिव भट्टले पार्टीभित्र राजनैतिक आराेह अवराेह भईरहेपनि राष्ट्रिय जनमाेर्चा बिचलित नहुने बताए । पार्टी परित्याग गरि अन्य दलमा गएका नेता कार्यकर्ताहरूलाई लक्षित गरि भट्टले स्वार्थका कारण गएकाहरूबाट पार्टीलाई कुनै क्षती नहुने तर्क गरे ।
उद्घाटन सत्रमा राष्ट्रिय राजनितिकाे प्रसंग झिक्दै महासचिव भट्टले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले प्रतिगामी शक्ति ल्याउन प्रयासरत रहेकाे आराेप लगाए । राजतन्त्र वा निर्दलिय ब्यवस्था बिरूद्व रहेकाले नै अहिले कांग्रेस , नेकपा माओेवादीलाई समर्थन गरिरहेकाेे बताउँदै महासचिव भट्टले सरकारका गलत गतिविधि विरूद्व भने आवाज उठाईरहने दावी गरे ।