Sujang

सुवास नेम्वाङलाई राजकीय सम्मान, अन्त्येष्टिको दिन सार्वजनिक बिदा

Ban

काठमाडौं :संविधान सभा अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ। सरकारले नेकपा एमालेका उपाध्यक्षसमेत रहेका संविधानसभा अध्यक्ष नेम्वाङको निधनमा राजकीय सम्मान दिने निर्णय गरेको हो।

Posan
Krishi

मंगलबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले आज निधन हुनुभएका नेम्वाङको निधनमा राजकीय सम्मान दिने निर्णय गरेको हो । यस्तै सरकारले नेम्वाङको अन्त्येष्टिको दिन राष्ट्रिय बिदा दिने निर्णय समेत गरेको छ।

बैठकले संविधानसभा अध्यक्षको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति सरकारले समवेदना प्रकट गरेको छ ।

संविधान निर्माण प्रक्रियामा उहाँले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राजकीय सम्मान दिने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । मन्त्री शर्माका अनुसार सरकारले उहाँको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ । संविधानसभा अध्यक्ष नेम्वाङको आज बिहान निधन भएको हो । उहाँका छोराहरू विदेशमा रहेकाले आएपछि मात्र अन्त्येष्टि गरिने भएको छ।

samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.