Sujang

डोटीमा अटो दुर्घटना हुँदा एकको मृत्यु

गणेश मौनी,डोटी : डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर १ रुमाल भिरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सहजपुर बोगटान दिपायल सडक खण्ड अन्तर्गत रुमायल बिपीनगरबाट खड्यौली आउँदै गरेको सुपर ०१००१ ह ५४०६ नम्बरको अटो गए राति अन्दाजी ९ः३० मा दुर्घटना भएको प्रहरी चौकी खड्यौलीका इन्चार्ज भाष्करदत्त पन्तले जानकारी दिएका छन् ।

दुर्घटनामा परि बडीकेदार गाउँपालिका वडा नम्बर ३ की अन्दाजी ५८ वर्षीय कस्तुरी देवी जेठराको घटना स्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । अटो चालक बडीकेदार १ का उत्तम बोहरा सामान्य घाइते भई प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । रातिको समयमा घटना के कति कारणले भएको हो भन्ने खुल्न सकेको छैन ।

बडीकेदार गाउँपालिकाका जनप्रतिनिधि र प्रहरी टोली घटनास्थलमा पुगेका छन् । अटो सडक बाट करिब ५० मिटर तल खसेको थियो ।

 

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.