भदौ २४,डोटी – नेपाली काँग्रेस डोटीका पार्टी सभापति नरेन्द्रबहादुर सिंहले बिपी कोइराला नेपाली राजनीतिमा अहिलेसम्मकै विशिष्ट र बहुआयमिक व्यक्तित्व भएको बताएका छन् ।
पूर्व प्रधानमन्त्री, काँग्रेसका संस्थापक एवं साहित्यकार बिपी कोइरालाको ११०औँ जन्म जयन्तीको अवसरमा नेपाली काङ्ग्रेस डोटीको आयोजनामा सिलगढीमा गरिएको बिपी राजनीतिक चिन्तक र साहित्यिक सर्जक बिचार गोष्ठी तथा विद्यालय स्तरीय बक्तित्वकला प्रतियोगितामा बोल्दै उनले यस्तो बताए हुन् ।
उनले बिपीले राजनीतिक रूपमा मात्रै नभएर साहित्यिकरुपमा पनि देशलाई उल्लेख्य योगदान गरेको भन्दै स्मरण गरे ।
सभापति सिंहले बिपीको बहुआयमिक व्यक्तित्व र प्रतिभाको चर्चा गरे । ‘बिपी नेपाली राजनीतिको विशिष्ट र बहुआयमिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले देखाएको राजनीतिको बाटोमा अहिले पनि हामी हिँडिरहेका छौँ । उहाँका साहित्य अहिले पनि उत्तिकै शक्तिशाली छन्,’ उनले भने ।
सभापति सिंहले बिपीले लेखेको साहित्य पनि सत्य घटनामा आधारित भएर लेखेका कारण जीवन्त रहेको बताए।
जन्म जयन्तीको अवसरमा साहित्य स्रष्टा र व्यक्ताहरुले साहित्य तथा बिचार राखेका थिए ।
विद्यालय स्तरीय बक्तित्वकलामा आठ वटा विद्यालयको सहभागी रहेको थियो । प्रथम स्थान केदारेश्वर माध्यमिक विद्यालय, कपल्लेकीका छात्रा संगिता खातिले हासिल गरेकी थिइन् । त्यस्तै दृतिय स्थान पदम पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालय सिलगढीका छात्र हेमराज भट्ट ल्याउन सफल भए । तृतीय स्थान सिताराम माध्यमिक विद्यालय उच्चाकोटका छात्र रजनिस रोकायले ल्याए थिए भने सान्त्वना महाकाली माध्यमिक विद्यालय मुडेगाउका छात्र धर्मराज जैसिले प्राप्त गरेका थिए । क्रमशः प्रथमलाई नगद पाँच हजार प्रमाणपत्र , दृतियलाई ३ हजार पाँच सय , तृतीय दुई हजार नगद प्रमाणपत्र र सान्तोनलाई एक हजार नगद ,प्रमाणपत्र सम्मान गरिएको थियो ।
त्यस्तै सहभागी अन्य विद्यार्थीहरूलाई पनि नगद एक हजार प्रमाणपत्र र सम्मान गरिएको थियो ।
निर्णायक मण्डलमा डोटी बहुमुखी क्याम्पसका उप -प्राध्यापक होमनाथ जोशी, लेखक संघ डोटीका अध्यक्ष फणेन्द्र साउँद र पत्रकार प्रकाश बम रहेका थिए ।
सहभागी विद्यालय, निर्णायक,साहित्य स्रष्टा र वक्तालाई समेत प्रमाणपत्र र सम्मान गरिएको थियो ।
नेपाली काँग्रेसका उप सभापति नारायण प्रसाद जोशीको सभापतित्वमा गरिएको कार्यक्रम नेपाली काँग्रेसका नेता कार्यकर्ता ,जनप्रतिनिधि ,भातृ तथा शुभेच्छुक संघ सङ्गठनका प्रमुख प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।