Sujang

‘जनताको घर दैलोमा वडा अध्यक्ष कार्यक्रम’ प्रभावकारी बन्दै

डोटी : दिपायल सिलगढी नगरपालिका – ९ को वडाले ‘जनताको घर दैलोमा वडा अध्यक्ष ‘कार्यक्रमलाई अगाडी बढाएको छ।

सोमबार देखि निरन्तरुपमा टोल टोलमा गएर प्रत्येक नागरिकको स्वास्थ्य अवस्था चेकजाँच सँगै परामर्श दिने गरेको छ।

कार्यक्रमको सुरुवात सँगै शनिवार पाचौं दिन मछेन्ताेला टोलका नागरिकको स्वास्थ्य अवस्था चेकजाँचसँगै परामर्श दिइएको छ । कार्यक्रम दिनप्रतिदिन प्रभावकारी बन्दै गएको छ।

ग्रामीण क्षेत्रमा अहिले पनि स्वास्थ्य उपचारमा निक्कै समस्या भएकोले जनताको घर दैलोमा गएर स्वास्थ्य चेकजाँच कार्यक्रमको सुरुवात गरिएको वडा अध्यक्ष हर्क साउँले बताए । उनले भने ,’ स्थानीय सरकारको अनुभिती दिन वडाले प्रतेका नागरिकको घर घरमा गएर स्वास्थ्य उपचार अभियान सञ्चालन गरेका हौँ । जिताएर हामीलाई पठाउने जनताका दुःख सुखमा हामीले साथ दिनुपर्छ । यस्ता कार्यक्रमलाई  निरन्तरता दिनेछौँ ।’

जनताको स्वास्थ्य समस्या तथा नागरिकका आधारभूत आवश्यकता लगायत समग्र वडाको समस्या बुझी प्राथमिकताका आधारमा विकास निर्माणको गति दिने समेत अध्यक्ष साउँदले बताए ।

जनताका आधारभूत आवश्यकतालाई मध्यनजर गर्दै नगरले कार्यक्रमलाई अगाडी बढाइरहेको दिसिनपाका उप-प्रमुख कलावती महर साउँदले बताइन् । विकास निर्माण तथा रोजगारी सिर्जना गरी नागरिकको जीवनस्तर उकास्ने काममा नगर सरकार लागि परेको उनले बताइन् । जनताको घरदैलो अभियानलाई नगरभित्र प्याकेजका रूपले सञ्चालन गर्न पहल गर्ने उनले बताइन् ।

वडाले सञ्चालन गरेको घरदैलो अभियानमा क्रममा उठेको नागरिकका सुझाव, समस्या तथा गुनासोलाई नगर सरकारले सम्बोधन गर्ने उनले बताइन् ।

घर दैलो स्वास्थ्य चेकजाँचमा तथा परामर्शमा कनेला स्वास्थ्य चौकीमा कार्यरत अमनि हरिमाया खड्कालगायतका स्वास्थकर्मिले सेवा दिँदै आएका छन् ।

शनिवार वडाको मछेन्ताेला टोलका ४० जना भन्दा बढी वृद्ध ,असहाय,अस्वस्थ नागरिकहरूको स्वास्थ्य अवस्था चेकजाँच गरिएको थियो ।

वडाले प्रत्येक घर दैलोमा गएर स्वास्थ्य उपचार दिँदा स्थानीयले खुसी व्यक्त गरेका छन् । यस्ता कार्यक्रम निक्कै प्रभाकारी हुने भएकोले निरन्तरता दिनुपर्ने दिसिनापा -९ मछेन्तोलाकि किथ्थी दमाईले बताइन् । उनले भनिन् ,’बृद्धअबस्थामा हिडडुल गर्न पनि गाह्रो हुन्छ । यसरी घरमा आएर निशुल्क सेवा पाउँदा खुसी छु।   हामीलाई घरमा आएर दु:ख सुख वाड्ने जनप्रतिनिधिको आवश्यकता छ। कार्यक्रमलाई निरन्तरता दिदै जानुहोला ।’

Salmuni
Leave A Reply

Your email address will not be published.