Sujang

धनगढीमा एक डेंगी संक्रमित बालिकाको मृत्यु

Ban
Krishi

धनगढी, २२ भदौ । कैलालीको धनगढीमा एक डेंगी सङ्क्रमित बालिकाको मृत्यु भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ की १२ वर्षीया लक्ष्मी सेरालाको डेंगी संक्रमणबाट धनगढीमा मृत्यु भएको हो।

केही दिनअघि उनलाई महाकाली प्रादेशिक अस्पतालमा परीक्षण गर्दा डेंगी सङ्क्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई त्यहाँबाट रेफर गरी धनगढीस्थित अस्पतालमा भर्ना गरिएकामा उपचारकै क्रममा बिहिवार राति मृत्यु भएको हो।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.