
भदौ २२ गते , डोटी : महिलाहरूको समस्यालाई मध्यनजर गर्दै तिज पर्वका अवसरमा सुजङ्ग अस्पताल राजपुरले नि: शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।
नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा अस्पतालले यही भाद्र २८ र २९ गतेका दिन नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो ।
अस्पताल प्रशासन प्रमुख अर्जुन बलायरका अनुसार नि:शुल्क शिविरमा पाठेघर खसेका ,तल्लो पेट दुख्ने, सेतो गन आउने ,पानी बग्ने, पिसाब पोल्ने, ढाड दुख्ने, याैैनि चिलाउने ,पाठेघरमा घाउ भएका समस्या भएका महिलाहरूको नि:शुल्क चेकजाँच गरिने भएको छ ।
पाठेघरको भिडियो एक्स-रे ,रगत तथा पिसाप जाँच पनि नि:शुल्क गरिने प्रशासन प्रमुख बलायरले बताए ।
प्रजनन स्वास्थ्यबारे कमै खुल्ने कारणले अहिले पनि ग्रामीण क्षेत्रमा पाठेघर सम्बन्धी समस्या विकराल अवस्था रहेको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको बलायर बताए ।
नि:शुल्क स्वास्थ्य शिविरमा डाक्टर एमडी सुभाष थापा मगर र एमबिबिएस डाक्टर राजमनि यादव लगायतले उपचार गर्ने अस्पतालले जनाएको छ।
महिला रोगको पाठेघरका समस्या बाहेक अन्य सेवा र अन्य बिरामीमा शुल्क लाग्ने बलायरले बताए ।