भदौ २०,डडेल्धुरा : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश राजधानीको बिषय छलफलमा रहेको बताएका छन् ।
बुधवार डडेल्धुरा स्थीत बहुमुखी क्याम्पसको २८औं बार्षिक उत्सव समारोहमा प्रमुख अतिथीका रुपमा पुगेका मुख्यमन्त्री शाहले यस्तो बताएका हुन् ।
अहिलेका लागि प्रदेशको राजधानी कैलालीको गोदावरी नगरपालिका क्षेत्रलाई तोकिएकोमा उक्त क्षेत्रमा बनको बिवाद भएकाले संरचना निमार्ण गर्न नसकिएको उनले बताए ।
यसवारे सर्व पक्षिय छलफल तथा संघ सरकार संगको छलफल समेत आवस्यक बताउँदै अवको केही समयमै सुदुरपश्चिम प्रदेशले स्थायी राजधानी पाउने मुख्यमनत्री शाहले बताए ।
प्रदेशको नामाकरणको बिषय पनी बेला–बेलामा परिवर्तन गरिनु पर्छ भन्ने बिषयका बारे पत्रकारले सोधेको प्रश्नमा मुख्यमन्त्री शाहले “आवश्क भएमा नाम परिवर्तन गर्न सकिने बिषय भएको तर यसवारे अहिलेनै प्रदेश सभामा कुरा उठि नसकेको प्रतिक्रया दिए । ”
साथै वहाँले यस आर्थिक बर्षको बजेट प्रदेश सरकारले थोरै ल्याएको भनेर केही माननीय ज्युहरु भनिरहनु भएकाले त्यसो नभई प्रदेशमा बैदेशिक लगानी, आन्तरीक आय एकदमै न्युन भएको र प्रदेशको बजेट आर्थिक मन्दीका कारण गत आर्थिक बर्षको तुलनामा थोरै मात्र कम भएको बताए ।