Sujang

साइन नेपालद्धारा इलाका प्रहरी कार्यालय लडागडा डोटीलाई कम्पूटर र प्रिन्टर हस्तान्तरण

Ban
डोटी :मानवीय सेवामा अनेकौँ प्रयास संस्था(साइन)नेपाल धनगढी कैलालीले इलाका प्रहरी कार्यालय लडागडा डोटीलाई कम्पूटर र प्रिन्टर उपलब्ध गराएको छ ।
बिहीबार इलाका प्रहरी कार्यालयमा पुगेर संस्थाका अध्यक्ष भक्तराज जोशीले एक थान कम्पूटर सेट र कलर प्रिन्टर उपलब्ध गराएका हुन् ।
संस्थाले प्रदान गरेको कम्प्युटर तथा प्रिन्टरले इलाका प्रहरी कार्यालयको कामकारबाहीमा सहजता आउने विश्वास व्यक्त गर्दै अध्यक्ष जोशीले शान्ति सुरक्षामा अहोरात्र खटिने सुरक्षाकर्मीलाई सबल, सक्षम बनाउन  आगामी दिनमा आवश्यक सहयोग गर्ने बताए ।
इलाका प्रहरी कार्यालयलाई प्रदान गरेको कम्पूटर र प्रिन्टरले काम गर्न अझै सहज हुने प्रहरी नायव निरीक्षक नरेन्द्र टमाटाले बताए ।
samajik
Salmuni
Leave A Reply

Your email address will not be published.