Sujang

डोटीको खड्यौली बजारमा बत्ति पुग्दा स्थानीयमा खुसियाली

Ban

डोटी : डोटीको बडीकेदार गाउँपालिकाको मुकाम खड्यौलीमा बिजुली पुगेको छ। सोमवारबाट खडौलीमा बिजुली बलेको गाउँपालिकाका अध्यक्ष भैरव साउँदले बताए। नेपाल विद्युत प्राधिकरण डोटीको ५२ लाख २४ हजार लगानीमा गाउँपालिकाको मुकाम झिलिमिली भएको हो।

Krishi

नेपाल विद्युत प्राधिकरण डोटीका अनुसार ५२ लाख २४ हजारको लागतमा ११ दशमलव ४७ किलोमिटर विद्युत लाइन विस्तार गरिएको छ। उपकरण तथा सामाग्रीहरु प्राधिकरणका हुन भने निर्माण कम्पनीले काम गरेको हो।

निर्माण कम्पनीलाई प्राधिकरणले १३ लाख ५१ हजार दिने सम्झौता भएको थियो। निर्माण कम्पनीले ६५ किलोमिटर वितरण लाइन विस्तारको काम गर्नेछ। नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय, अत्तरियाका प्रमुख जंगबहादुर चन्दका अनुसार दुई वर्षभित्र सबै वडामा बिजुली विस्तार हुनेछ।

बडीकेदार गाउँपालिकाका सबै वडामा बिजुली विस्तारका लागि साढे १२ करोडको ठेक्का सम्झौता गरिएको छ। निर्माण कम्पनीले दुई वर्षभित्र सबै वडामा विद्युत विस्तार गर्ने योजना छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.