सिलगढी :डोटीमा पनि २४ औँ अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । जिल्ला युवा समिति डोटीको आयोजनामा विभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो ।
शनिवार जिल्ला प्रशासन कार्यालय डोटीको गेटबाट ¥यालि सहित सिलगढी बजार स्थित इन्द्रचोकमा कोणसभामा परिणत गरी एक औपचारिक कार्यक्रममा परिणत गरिएको थियो ।
युवाहरूले समृद्ध समाज निर्माण गर्न र समुदायमा फैलिएको लागूपदार्थ दुर्व्यसनी अन्त्यका लागि लाग्नु पर्ने जिल्ला समन्वय समितिका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि लक्ष्मण बहादुर सिंह बताए । युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति भएको बताउँदै आफ्नै देशमा केही गरेर अगाडी बढ्न सुझाव दिए ।
कार्यक्रममा गैंसस डोटीका सचिव भक्तराज उपाध्यायले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन नरेन्द्र बहादुर विकले गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरूले बक्तीत्वकलाका साथै नृत्य प्रदर्शन सहित गीत प्रस्तुत गरेका थिए ।
शुक्रवार दिवसको अवसर पारेर रक्तदान गर्ने व्यक्ति, कार्यक्रम व्यवस्थापन गर्न सहयोग गर्ने भैरव प्रसाद गण, नेपाल रेडक्रस सोसाइटी डोटी शाखा लगायत गैससहरु र कम्प्युटर टाईपिंग रेसकला सहभागीहरूलाई प्रशंसा पत्र वितरण गरिएको थियो ।
जिल्ला युवा समितिका अध्यक्ष हेम के.सी.को अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि, जिल्लामा क्रियाशील गैरसरकारी संस्थाका प्रतिनिधि, कर्मचारी,शिक्षक,विद्यार्थीको लगायतको उपस्थिति रहेको थियो ।