Sujang

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रक्तदान कार्यक्रम

Ban
डोटी :२४औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । जिल्ला युवा समिति डोटीको आयोजनामा शैलश्वरी मन्दिरको प्राङ्गणमा शुक्रवार रक्तदान कार्यक्रम गरिएको हो ।
रक्तदान कार्यक्रममा छ जनाले रक्तदान गरेको जिल्ला युवा समिति डोटीका अध्यक्ष हेम  केसीले जानकारी दिए । रक्त अभावका कारण कोही बिरामीको उपचारमा समस्या नहोस् भनेर रक्तदान कार्यक्रम गरेको उनले बताए ।
रक्तदान कार्यक्रम अगाडी प्रसिद्ध शैलेश्वरी मन्दिरको परिसर वरपर सरसफाई कार्यक्रम समेत गरिएको थियो ।
Krishi
सरसफाइ तथा रक्तदान कार्यक्रममा जिल्ला समन्वय समितिका डोटीका प्रमुख लक्ष्मण बहादुर सिंह, प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल, प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद धमला सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधि,शिक्षक ,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
जिल्ला युवा समिति डोटीको आयोजनमा गरिएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी,सामुदायिक विकास केन्द्र,नेपाल परिवार नियोजन संघ,सम विकास केन्द्र, फेडो,सिडिएफ, वर्ल्ड भिजन नेपाल,गैसस महासंघको सहकार्य तथा भैरव प्रसाद गणको व्यवस्थापनमा कार्यक्रम गरिएको जनाएको छ ।
दिवसका अवसरमा शुक्रवार वैभव कम्पूटर एजुकेसनले टाइपिङ स्पिडको समेत आयोजना गरेको विक्रम केसीले बताए ।
दिवसका अवसरमा शनिवार बिहान जिल्ला प्रशासन गेट अगाडी देखि ¥यालि निकालेर इन्द्रचोक राधाकृष्ण मन्दिर अगाडी एक औपचारिक कार्यक्रमका बिच समापन गरिने आयोजकले जनाएको छ ।
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.