Sujang

केआईसिंह सरकारले थालेको श्रमदान अभियानमा तुस्यात खोलामा ढलान हुँदै, दिनहुँ श्रमदाताको सङ्ख्या बढ्दै

डोटी-केआईसिंह सरकारको पहलमा तुस्यात खोलामा जारी श्रमदान अभियान तीव्र गतिमा अघि बढ्दै गएको छ । मंगलवार देखि तुस्यात खोलामा ढलान कार्य सुरु भइरहेको छ ।
बुधवारको ढलान कार्यमा केआइसिंह गाउँपालिका श्रमदाताहरूको उलेख्य सहभागिता रहेको थियो ।
केआईसिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीको नेतृत्वमा गत सोमबारबाट सुरु श्रमदान अभियानमा जनप्रतिनिधि, कर्मचारी, राजनैतिक दलका नेता कार्यकर्ता, पत्रकार, व्यापारी, सर्वसाधारण लगायतको उपस्थिति रहँदै आएको छ ।
८७ मिटर लामो आरसिसी ढलान गर्ने स्टीमेट रहे पनि  श्रमदाताहरूको माग अनुसार एक सय ३० मिटर लामो खण्डमा  ढलान हुने भएको छ ।

इच्छुक श्रमदाताहरूलाई तुस्यात खोलामा आइ सक्दो सहयोग गरिदिन अध्यक्ष लोकेन्द्र वहादुर शाहीले अनुरोध गरे ।
अध्यक्ष शाहीले भने,‘दिनहुँ श्रमदाताहरूको सङ्ख्या बढ्दै गएकाले अभियानलाई हौसला मिल्दै गएको छ । सुरुमा यो अभियानको थालनी गर्दा कसरी गर्ने भन्ने मनमा पिर लागेको थियो । हाम्रो अभियानमा दिनप्रतिदिन यसरी सयौँको संङ्यामा स्वर्फुत रूपमा श्रमदानमा आउँदा निक्कै ऊर्जा थपिएको छ । आगामी दिनमा यस्ता कार्यलाई निरन्तरता दिँदै जानेछौँ’ ।
गाउँपालिकाले थालेको यो अभियानमा यसरी आम नागरिकको सहभागिताले हामीलाई ठुलो हौसला मिलेको उपाध्यक्ष मिना विष्टले बताइन् ।
श्रमदान कार्यमा सबैको साथ सहयोग मिली रहेको जिल्ला समन्वय समितिका सदस्य नरेश बहादुर खड्काले बताए ।
श्रमदान गरी गाउँघरका बाटोघाटो बनाउने पुरानै संस्कृति भए पनि पछिल्लो समय लोप हुँदै गइरहेको वेला यसरी श्रमदान गरेर सडकको कार्य अगाडी बढ्दा अरुकालागि पनि सिकाई हुने केआइसिंह वडा नं. ७ का पूर्व वडाध्यक्ष हर्क बहादुर विष्टले बताए ।
केआईसिंह गाउँपालिकाको वडा नं. ५ र दिपायल सिलगढी नगरपालिकाको वडा नं ४ को सिमानामा पर्ने तुस्यात खोलामा पुल नहुँदा सवारीसाधनहरूलाई आवतजावतमा समस्या हुँदै आएको थियो ।
Salmuni
Leave A Reply

Your email address will not be published.