Sujang

घरको छतबाट लडेर टीकापुरमा एक जनाको मृत्यु

कैलाली: घरको छतबाट लडेर कैलालीको टीकापुरमा एक जनाको मृत्यु भएको छ । गएराति पौने १० बजेतिर आफ्नै एक तले घरको छतबाट लडेर घाइते भएका टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर १० का ७८ वर्षीय ज्योतिसिंह खडकाको मृत्यू भएको हो ।
घरको छतबाट लडेर घाइते भएका खडकाको टीकापुर अस्पतालमा उपचारकै क्रममा गएराति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरिक्षक तुलसीराम अर्यालले जानकारी दिए । मृतकको शव अहिले पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.