Sujang

डोटीको खातिवडा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

डोटी : दिसिनपा -२ को खातिवडा स्वास्थ्य चौकीको एम्बुलेन्स दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजिसिं खड्काले एक कार्यक्रमका बिच हस्तान्तरण गरेका छन्  ।
आइतबार दिपायल सिलगढी नगरपालिकाको कार्यालयमा आयोजना भएको एम्बुलेन्स हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा नगर प्रमुख खड्का र उप-प्रमुख कलावति महर साउँदले दिपायल सिलगढी नगरपालिका वडा नं २ का वडा अध्यक्ष राजेन्द्र खडकालाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
दिपायल सिलगढी नगरपालिका वडा नं २ को आर्थिक वर्ष २०७९र०८० को विनियोजित बजेट १६ लाख र दिपायल सिलगढी नगरपालिकाको थप ६ लाख रकमबाट खातिवडा स्वास्थ्य चौकीका लागि एम्बुलेन्स खरिद गरिएको हो ।
वडाका बिरामीहरूले झेल्दै आएको एम्बुलेन्स सेवाको समस्या समाधान गर्न र चुनावी दौरानमा आफूले जनतासँग बोलेको बाचा पुरा गर्न एम्बुलेन्स खरिद गरिएको दिपायल सिलगढी नगरपालिका वडा नं २ का वडा अध्यक्ष राजेन्द्र खड्काले बताए ।
एम्बुलेन्स खरिद प्रक्रियामा राजश्व छुटका लागि सहयोग तथा समन्वय गर्ने जिल्ला बिपत ब्यापस्थापन समिति डोटी, स्वास्थ्य कार्यालय डोटी, दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखा डोटी, दिपायल सिलगढी नगरपालिका डोटी, खातिवडा स्वास्थ्य चौकी डोटी, सामाजिक विकास मन्त्रालय कैलाली र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय रामशाहपथ काठमाडौँलाई वडा अध्यक्ष खड्काले धन्यवाद व्यक्त गरेका छन् ।
Salmuni
Leave A Reply

Your email address will not be published.