डोटी : डोटीमा निर्माण व्यवसायीहरु ९ बुँदे माग राख्दै जिल्ला प्रसासन कार्यलय अगाडी धर्नामा बसेका छन् । जिल्लाको विभिन्न ठाउँमा आर्थीक वर्ष २०७९/०८० मा काम गरे वाफतको भुक्तानी नपाएपछि जिल्लाका निर्माण व्यवसायी धर्नामा बसेका हुन् ।
आइतबार उनीहरुले आफुले गरेको कामको तत्काल भुक्तानी पाउनुपर्ने लगायतका माग राखि जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना बसेका छन् ।
काम गरे वापतको रकम भुक्तानी गरिनुपर्ने, ठेक्काको एकमुष्ट म्याद थप गर्नुपर्ने, ठेक्काको मूल्य समायोजन गरिनुपर्ने लगायतका माग राख्दै धर्नामा बसेको निर्माण व्यवसायी शिव साउँदले बताए ।