Sujang

डोटीमा काठसहित ट्याक्टर चालक पक्राउ

डोटी:डोटीमा काठसहित ट्याक्टर चालक पक्राउ परेका छन्।

जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर २ बजिलेकका डम्मर थापा काठसहित पक्राउ परेका हुन्।

उनी सु.पु.प्र. ०१ ००२ त ५८३४ नम्बरको ट्याक्टरका चालक हुन्। वन कार्यालयले ट्याक्टरमा ढुवानी गर्न थालिएको ९८ दशमलव ८९ क्यूफिट टुनीको काठसहित थापालाई नियन्त्रणमा लिएको हो।

काठ र ट्याक्टर सव डिभिजन वन कार्यालय, बुडरको नियन्त्रणमा रहेका छन्।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.