Sujang

खप्तड-शैलेश्वरी गोल्ड कपको उपाधि भैरव प्रसादलाई

डोटी :डोटी उद्योग वाणिज्य संघको आयोजना तथा भैरव प्रसाद गणको व्यवस्थापनमा सम्पन्न भएको खप्तड-शैलेश्वरी गोल्ड अन्तर्गत फुटबल प्रतियोगिताको उपाधि भैरव प्रसाद गण “ए” ले हात पारेको छ।

भैरव प्रसाद गण “ए” र एसवाइसी सिलगढी बिच भएको फाइनल खेलमा भैरव प्रसाद २-१ गोल अन्तरले विजयी भएको हो ।
फाइनल खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै सङ्गम चौधरी म्यान अफ द म्याच घोषित भए भने खेल अवधि भर सर्वोत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै अनीश लामा म्यान अफ सिरिज घोषित भए सँगै ट्रली प्राप्त गरे ।

विजयी भए सँगै भैरव प्रसाद गणले २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उप- विजेता बनेको एसवाइसी सिलगढीले १५ हजार नगद सहित ट्रली मेडल प्रमाण पत्र पाएको छ ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.