Sujang

सेती नदीमा डुबेर पाँच बर्षीय बालक बेपत्ता

डोटी :सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नंं.–३ तेल पारे बगरका ५ वर्षीय बालक सुशान्त साउँद बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

खेल्ने क्रममा उनीसँगै डुबेका चार वर्षीय बालक मिलन साउँदलाई स्थानीयले उद्धार गर्न सफल भएको थिए । मिलनको अहिले डडेलधुरामा उपचार भइरहेको प्रहरी निरीक्षक लक्ष्मी जोशीले जानकारी दिए । बेपत्ता सुशान्तको खोजी कार्य जारी रहेको छ । खोजीका लागी आफन्त नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

उनीहरू खेल्ने क्रममै नदीमा पुगेको बेलामा दुवै डुबेको स्थानीयले बताएका छन् । मिलनलाई स्थानीयले जोगाउन सफल भए पनि सुशान्त बेपत्ता भएका हुन् ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.