Sujang

कैलाली कारागारका कैदीको उपचारको क्रममा मृत्यु

Ban

साउन ८ धनगढी -चोरी मुद्दामा कैलाली कारागारमा सजाय काटिरहेका एक जनाको कैदीको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ।
२०७५ साल चैत १२ गतेदेखि चोरी मुद्दामा कैलाली कारागारमा सजाय काटिरहेका बैतडीको दोगडाकेदार गाउँपालिका–५ का २८ वर्षीय सरोज बिष्टको आज बिहान ५ः३० बजे सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा मृत्यु भएको हो ।

Krishi

जिल्ला कारागार कैलालीका प्रमुख पदम तिमिल्सेनाले कारागारमा आएको समयमै क्षयरोगबाट ग्रसित बिष्टको अवस्था जटिल भएपछि उपचारका लागि साउन ४ गते सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको बताए । शुरुमा आईसियुमा राखिएका बिष्टको अवस्था थप जटिल भएपछि भेन्टिलेटरमा राखिएको थियो । बिष्टको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको हो ।

बिष्टलाई चोरीको एकल मुद्दामा जिल्ला अदालत बैतडीले तीन वर्ष र जिल्ला अदालत कञ्चनपुरले पाँच वर्षको सजाय सुनाएको थियो । सोही मुद्दामा बिष्ट सजाय काटिरहेका थिए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.