Sujang

भ्रष्टाचार र सरकारी गाडीको दुरुपयोग रोक्न डोटीका विद्यार्थी सङ्गठनको माग

Ban

सिलगढी : डोटी जिल्लाका ५ वटा विद्यार्थी सङ्गठनले प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याललाई दुई बुँदे ज्ञापन पत्र बुझाएका छन् । जिल्ला व्यापी हुने नीतिगत भ्रष्टाचार र सरकारी सवारी साधनहरूको दुरुपयोग हुने गरेका घटनाहरू नियन्त्रणको माग गर्दै विद्यार्थी सङ्गठनले ज्ञापन पत्र बुझाएका हुन् ।

सार्वजनिक बिदा र कार्यालय समय भन्दा बाहिर बिना पास चलाइएका सरकारी कार्यालयका तथा स्थानीय तहका सवारी साधनहरूलाई नियन्त्रण गर्नुपर्ने, सबै सरकारी कार्यालय तथा स्थानीय तहमा हुने भ्रष्टाचार र नीतिगत भ्रष्टाचार छानबिन गरी नियन्त्रण र नियमन गर्नु पर्ने विद्यार्थी सङ्गठनको माग छ । माग सम्बोधन नगरिए वा दोषी उपर कारबाही नगरिए संयुक्त विद्यार्थी सङ्गठनहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

 

Salmuni
Leave A Reply

Your email address will not be published.