Sujang

धनगढीको मानबसेवा आश्रममा असहाय संग मनाए सिराडीले जन्मदिन

डोटी: बडिकेदार  क्षेत्र पर्यटन  बिकास तथा ब्यवस्थापन समिति डोटीका कार्यकारी अधिकृत दिपेन्द्र राज सिराडीले आफ्नो ३० औं जन्मोत्सव मनाएका छ्न ।

शुक्रबार धनगढी स्थित तारानगरको मानवसेवा आश्रममा जन्म दिन मनाएका हुन् ।
सिराडीले मानव सेवा आश्रममा साझको खाजा  खुवाउनुको साथै  ५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक  सहयोग समेत गर्नु भएको थियो ।

कार्यकारी अधिकृत सिराडीले बिगतमा पनि आफ्नु जन्मोत्सव को अबसर मा बिरामीलाई सानोतिनो आर्थिक सहयोग गर्दै आएका थिए। तर आज जन्मदिन मनाउदै गर्दा असहायहरु सङ्ग उनी भावुक भएका थिए। यस्तै बिशेष दिन को अबसर पारी यस्ता आश्रममा सहयोग गर्न पाउँदा फरक अनुभूति हुदो रहेछ भनी सिराडी ले बताए। अन्य फजुल खर्च गर्नु भन्दा असहायहरु को सेवा गर्न पाउँदा खुशी लागेको पनि बताए । असहायमा परेका नागरिकहरुको सेवा गर्नु धर्म हो भन्दै आगामी दिनमा आफुले सक्ने सहयोग मानव सेवा आश्रमलाई गर्ने बताए ।
त्यस्तै जन्म दिनको अबसरमा लामो समय देखि क्यान्सर रोगको उपचाररत बडिकेदार गाउँपलिका वडा नम्बर ५ थानकोट निबासि प्रेम सिंह मल्लको उपचारमा थप सहजता होस भनी उहाँलाई पनि आफ्नो जन्म दिनको अबसरमा ५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गर्नु भएको थियो।

पछिल्लो सयम मानवसेवा आश्रममा पुगेर जन्मोत्सव,विवाह उत्सव मनाउदै पुण्य कमाउनेहरु बढ्दै गएका छन् ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.