Sujang

नागरिक मैत्री सेवा प्रवाहलाई प्रमुख प्राथमिकतामा लिएको छु : अर्याल

Ban
डोटी :डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले सेवा ग्राहीलाई नागरिक मैत्री सेवा प्रवाहको सवाललाई प्रमुख प्राथमिकताका साथ लिएको बताएका छन् ।
मङ्गलवार जिल्ला प्रशासन कार्यालय डोटीले सञ्चारकर्मीहरू सँग गरेको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा प्रजिअ अर्यालले डोटीमा सेवा ग्राहीलाई छिटो छरितो र गुणस्तरीय सेवा प्रवाहलाई प्रमुख प्राथमिकता दिइने, जिल्लाको समग्र क्षेत्रमा सुशासन प्रवर्द्धनमा जोड दिइने, जिल्लाको शान्ति सु व्यवस्थालाई चुस्त दुरुस्त राख्ने, विपद् व्यवस्थापन प्रतिकार्यको पूर्ण तयारी अवस्थामा राखिने, विकास व्यवस्थापनमा सहिजकरण गर्ने लगायतका कार्यहरूलाई जोड दिइने बताए ।
Krishi
अन्तरक्रिया कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले डोटी जिल्लाका समसामयिक विषय बस्तु सूचनाको हकको पूर्ण कार्यान्वयन, सरकारी सवारी साधन दुरुपयोग, जिल्लामा पेट्रोलियम पदार्थको कालोबजारी, नियमित बजार अनुगमन, मदिरा व्यवस्थापन, लागु पदार्थ दुर्व्यसनी, नागरिकता प्राप्त गर्ने प्रक्रियामा सहजीकरण, सुशासन प्रवर्द्धन लगायतका विविध विषय बस्तुको बारेमा प्रजिअ अर्यालको ध्यानाकर्षण गराएका थिए ।
प्रमुख जिल्ला अधिकारी सँगको परिचयात्मक कार्यक्रममा जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.