Sujang

डोटीमा घरभित्र च्यापिएर एक महिलाको मृत्यु

Ban

सिलगढी :डोटीमा घरभित्र च्यापिएर एक महिलाको मृत्यु भएको छ। मृत्युु हुनेमा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ गैरा बस्ने शंकर मलासीकी श्रीमती ३० वर्षिया गङ्गा मलासी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

Krishi

शनिवार बिहान ३ बजेको समयमा एक तले घरको बल्लीहरु भाचिएर भत्किदा मलासीको च्यापिएर मृत्यु भएको जनाइएको छ । घटना बारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी नायव निरीक्षक आन सिंह धामीको कमाण्डमा गएको १० जनाको टोलीले स्थानीयको सहयोगमा उद्दार गर्दा बिहान ५:१० बजेतिर मलासीलाई मृत अवस्थामा फेला पारेको थियो ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले बताए ।

 

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.