लक्ष्मी ऐर ,डडेल्धुरा:परराष्ट्रमन्त्रीएनपी साउँदले सरकारले तरल रहेको परराष्ट्र नीतिलाई स्थिरतादिने प्रयत्नगरिरहेको बताउनु भएको छ । नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले शनिबार जिल्ला सदरमुकाममाआयोजना गरेको पत्रकार सम्मेलनमाअन्तर्राष्ट्रिय सम्बन्धलाई स्थिरतादिने प्रयास भइरहेको उहाँको भनाई थियो ।
‘अलिकति तरल रहेको परराष्ट्र नीतितथाअन्तर्राष्ट्रिय सम्बन्धलाई हामीले अहिले स्थिरतादिने प्रयत्नगरिरहेका छौं ।हाम्रो परराष्ट्र नीतिको सम्बन्धमाहामीले संयुक्त राष्ट्र संघको बडापत्रमाउल्लेखितमूल्य र मान्यताहरूलाई सम्मानगर्छौं,’ मन्त्री साउँले भने ‘त्यसलाई हामीव्यवहारमापनिलागू गर्न चाहन्छौं, संसारमाहुने सैन्य द्वन्द्ववा सैन्य गठबन्धनमाहामी समेल हुँदैनौं तर संसारमाहुने घटनामाहामीतटस्थबस्छौं, बोल्न सक्दैनौं हाम्रो विचार नै छैन भन्ने चाहिँहोइन।’
कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतकाभारतसँग सीमाजोडिएका क्षेत्रकाबारेमापनि सरकार गम्भीर रहेको परराष्ट्रमन्त्री साँउदको भनाइथियो । प्रधानमन्त्रीको भारत भ्रमणकाक्रममापनियीविषयमा कुराकानीभएको र भारत पनि सीमा समस्या समाधानमा सकारात्मक रहेको मन्त्री साउदले बताउनुभयो ।
‘कालापानीलगायत देशभरका अन्य सीमाकाबारेमाभारतीयपक्षले दिनुपर्ने रेस्पोन्स हामीले कुटनीतिक रूपमाप्राप्तगर्नुपथ्र्यो त्यो विगतमागर्न सकिएको थिएन,’उनले भने, ‘भारतीयप्रधानमन्त्रीले सीमासँग सम्बन्धित समस्यावाविवादहरू वार्तामार्फत् सामाधानगर्नुपर्छ भनेर बोल्नु भएको छ । त्यसलै सीमासम्बन्धी समस्याले निकास पाउँछ।’
यसका साथै परराष्ट्रमन्त्री साउदले अहिलेको सत्तागठबन्धननभत्किने समेत प्रष्टपार्नुभयो । बाहिर हल्लाअनुसार एमालेसँग मिल्ने कुनै सम्भावना नरहेको उनको दाबी छ। ‘नेपालीकाँंग्रेसलाई पुस १० गतेको घटना हेक्का रहेकै छ। हामीले इतिहासबाटपाठसिक्नुपर्छ त्यसकारणअहिले एमालेसँग नेपालीकांग्रेसको संयुक्त सरकार बन्ने कुनैपनि सम्भावना रहेको छैन’उनले भने ।
उनले प्रतिपक्षकामागलाई सरकारले अधिकतम् सम्बोधनगर्ने प्रयास गरिरहेको बताउनु भएको छ । उनले डडेल्धुराको परशुरामको शीर्ष र बैतडीको झुलाघाटमानिर्माणहुने पक्कीपुलको कामसमेत ६ महिनाभित्र सुरु हुने जानकारी दिनुभएको छ ।