Sujang

बाजुरामा भिरबाट लडेर १० वर्षीया बालिकाको मृत्यु

बाजुरा – बाजुरामा भिर बाट लडेर १० वर्षिया बालिकाको मृत्यु भएको छ । जिल्लाको बडिमालिका नगरपालिका – ८ पुजारी टोलका हिक्मत रावल र कमला रावलकी १० वर्षीय छोरी ललिता रावलको मृत्यु भएको प्रहरीले बताएको छ ।

मङ्गलवार सदरमुकाम मार्तडी नजिकैको झाल्या लेक बाट घरका लागि हिँडेकी ललिता भिर बाटो भन्ने ठाउँ बाट लडेर घटना स्थलमै मृत भेटिएकी बताईएको छ ।

बालमन्दिर आधारभूत विद्यालय कक्षा ४ मा अध्ययनरत छात्रा ललिता आमासँग गाई वस्तु हेर्न लेक तिर गएकी थिइन् ।

भौगोलिक विकटता सँगै सहज गोरेटो बाटो नहुनुका कारण बाजुरामा बर्सेनि दर्जनौँ नागरिकहरूले भिर बाट लडेर ज्यान गुमाउनु पर्ने बाध्यात्मक अवस्था रहेको छ ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.