Sujang

जनसम्पर्क समिति अमेरिकाको अधिवेशन चाँडै हुन्छ :सभापति बिष्ट

Ban
जेष्ठ १० गते -जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले विभिन्न कारणले विलम्ब हुँदै गएको जनसम्पर्क समिति अमेरिकाको अधिवेशन चाँडै सम्पन्न गरिने बताएका छन् ।
जनसम्पर्क समिति ड्यालसद्वारा सोमबार टेक्सासको युलेशमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता विष्टले विभिन्न आन्तरिक तथा बाह्य  कारणले अधिवेशन केही समय ढिला हुन गएको बताएका हुन् ।
अधिवेशन चाँडै सम्पन्न गर्नेगरि आफुले छलफल अघि बढाएको उनले बताए  ।
आफू अधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्न आतुर रहेको बताउँदै नेता विष्टले त्यसका लागि सहयोग गर्न र अधिवेशन रोक्न प्रयास भए प्रतिवाद गर्न सबैमा आग्रह गरे  ।
नेपाली काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका नेता विष्टले नेपालको पछिल्लो राजनीतिक घटना क्रमको चर्चा गर्दै प्रमुख राजनीतिक दलहरूमा आन्तरिक लोकतन्त्र कमजोर हुन थालेका कारण नयाँ पुस्ताले विकल्प खोज्न थालेको धारणा व्यक्त गरे ।
नेता विष्टले राजनैतिक घटनाक्रम हेर्दा प्रमुख राजनैतिक दलहरूले आत्म समीक्षा गरी आफूलाई सुधार गर्दै जानुको विकल्प नभएको र आफूलाई रूपान्तरण नगर्ने हो भने प्राप्त परिवर्तनका उपलब्धिहरू समेत गुम्न सक्ने खतरा देखिएको बताए ।
नेपालको लोकतन्त्र, विकास र समृद्धिमा गैर आवासीय नेपालीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै विष्टले नेपाल सरकारले गैर आवासीय नेपालीहरूलाई प्रयोग मात्र गरेको तर अधिकार दिने सवालमा कन्जुस्याइँ गरेको आरोप लगाए।
गैर आवासीय नेपाली सँग सम्पूर्ण गैर आवासीय नेपालीहरूको साझा र नेतृत्वदायी संस्था भएकाले सँगको निर्वाचनमा राजनैतिक दलको छायाँ देखिन नहुने जनसम्पर्क समितिको धारणा रहेको बताउँदै सभापति विष्टले सँगको आसन्न निर्वाचनमा नेतृत्व सर्व सहमत बनाउन सबैले पहल गर्नुपर्ने कुरामा जोड दिए ।
जनसम्पर्क समिति ड्यालसका सभापति ज्ञानेन्द्र कार्कीको अध्यक्षता तथा दिनेश शर्माको सञ्चालनमा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा गौतम दाहाल, कृष्ण धारावासी, बिका उप्रेती, हरिबोल भण्डारी सुनिल शाह, भानु खरेल लगायतका वक्ताहरूले सम सामयिक विषयमा आ-आफ्नो धारणा व्यक्त गरेका थिए ।
samajik
Salmuni
Leave A Reply

Your email address will not be published.