डोटी :नेपाली कला क्षेत्रमा केही गर्छु भनेर सानै देखि रुचि राख्ने मीन रावल यति बेला एक सफल भिडियो सम्पादकको रूपमा चिनिएका छन् ।
बुबा भीम रावल र आमा बृमा रावलको कोखबाट विसं २०५३ सालमा जन्मिएका ऊनी म्युजिक भिडियो सम्पादकसँगै एक राम्रो डान्सर, मोडेलका रूपमा परिचय दिन सफल भएका छन् ।
उनले अहिलेसम्म आधा दर्जन म्युजिक भिडियोमा अभिनय समेत गरिसकेका छन् । रावल एक दशक देखि यश क्षेत्रमा सक्रिय भएर काम गर्दै आइरहेका छन् । उनले सुरुमा पछिल्लो समयका चर्चित गायक तथा मोडेल चक्र बम र मोडेल भीम खड्का अभिनीत गीत ‘माला उनी’ गीतबाट भिडियो सम्पादनको यात्रा सुरु गरे।
उनले अहिलेसम्म विष्णु माझी, प्रमोद खरेल, अन्जु पन्त, मेलिना राई, रामजी खाँड, एलिना चौहान, चक्र बम, रेखा जोशी, जुनु रिजाल काफ्ले, शान्ति श्री परियार, नेत्र भण्डारी, रोशन सिंहलगायत नेपालका थुप्रै गायक, गायिकाको तीन सयभन्दा बढी भिडियोहरू सम्पादनको काम गरेका छन् । उनले विभिन्न विधाका नेशनल अवार्ड समेत पाएका छन् ।
उहाँ सँग गरिएको यो कुराकानी ।
नमस्ते ।
नमस्ते ।।
आराम हुनुहुन्छ ?
आराम छु।
अहिले केमा व्यस्त हुनुहुन्छ ?
म नियमित कार्य भिडियो सम्पादन, कलर ग्रेडिङ र ग्राफिक्समै व्यस्त छु ।
यहाँ यो पेसामा कसरी आउनु भयो ?
म कोरियन भाषा पढेर कोरिया जानुपर्छ भन्ने सोच लिएर कैलालीको गोदावरी नगरपालिका-६ लालपुरबाट काठमाडौँमा आएको हुँ । मेरो साथी गायक प्रवेश दाहाल र गायक तथा मोडेल आदरणीय दाजु चक्र बमसँग काठमाडौँमा बस्दै गर्दा विदेश होइन बरु नेपालमै म्युजिक भिडियो सम्पादनको काम सिकेर नेपाली गीतसङ्गीत क्षेत्रमै सम्पादनको काम गरे राम्रो हुन्छ भन्ने सल्लाह पाए । र, सानै उमेर देखि गीतसङ्गीतमा रुचि राख्ने भएर होला भिडियो सम्पादनको क्लास लिन जमल जान्थे । अहिले यो क्षेत्रमै साइराम पिक्चर्स कम्पनीमा म्युजिक भिडियो सम्पादनको काम गरिरहेको छु ।
अहिलेसम्म कति भिडियो सम्पादन गर्नुभयो ?
हालसम्म सङ्ख्यात्मक हिसाबले मैले सम्पादन र कलर ग्रेडिङ गरेका टेलिफिल्म, म्युजिक भिडियो र डकुमेन्ट्री गरेर सयौँ दर्जनभन्दा धेरै नाघ्यो होला ।
सम्पादन र कलर ग्रेडिङ गर्न गाह्रो छ ?
हरेक कर्म गर्न गाह्रो त गाह्रो नै हुन्छ, भिडियो सम्पादन र कलर ग्रेडिङमा चाहिँ सबैभन्दा ठुलो अध्ययन र मिहिनेत हो । र, हरेक कुराको गहिरो अध्ययन भयो भने जुनसुकै काम गर्न सजिलो हुन्छ ।
आफ्नो हिक्मत, परिश्रम, लगनशील र इमानदारी नै महान् हुन पुग्छ, ती समस्या र चुनौती सबै फिक्का लाग्छन् । हरेक कर्म गर्न गाह्रो त गाह्रो हुन्छ, भिडियो सम्पादन र कलर ग्रेडिङमा चाहिँ सबैभन्दा ठुलो अध्ययन र मिहिनेत हो । र, हरेक कुराको गहिरो अध्ययन भयो भने जुनसुकै काम गर्न सजिलो हुन्छ ।
अहिलेसम्म कस्ता समस्या र चुनौतीको सामना गर्नुपर्यो ?
समस्या र चुनौती भन्ने बित्तिकै मलाई एउटा कुराको सधैँ याद आउँछ । म विगत यो क्षेत्रमा करिब २०७४ सालदेखि छु, त्यो बेला म जतिखेर सम्पादन र कलर ग्रेडिङ सिकेर यो क्षेत्रमा आउँदै गर्दा आधिकारिक रूपमा काम गर्न पाएको थिइन । त्यसैले कुनै आफूभन्दा लामो समयदेखि यो क्षेत्रमा काम गर्दै आउनुभएका अग्रजसँग हेरेर केही परामर्श लिनु पर्यो भन्दा आफ्नो छेउमा बस्न दिनुहुन्न थियो । त्यसैले धेरै दुःख लाग्थ्यो तर आफ्नो हिक्मत, परिश्रम, लगनशील र इमानदारी नै महान् हुन पुग्छ । ती समस्या र चुनौती सबै फिक्का लाग्छन् ।
तपाईँले काममा कम्परमाइज गर्नुपरेको छ ?
काममा कम्परमाइज जुनसुकै काममा नि गर्नुपर्ने हुन्छ । त्यस्तै हाम्रो सम्पादनको काममा पनि हुन्छ । कुनै गीतको भनेको जस्तो बजेट छैन अलि मिलाएर गरी दिनुहोस् भनेर रिक्वोइष्ट गर्नुहुन्छ त्यो पनि मिलाउनै पर्ने हुन्छ । र, कैलेकाही काम गर्दै जाँदा कथा गीतसँग नमिलेको हुँदा सम्पादनमा मिलाउनुपर्ने हुन्छ कैले काहीँ छायाङ्कन पार्टमा नि मौसमले गर्दा लाइट न मिलेको हुँदा कलरमा मिलाउनुपर्ने चुनौती आइरहेका हुन्छन् । हामीले ती चुनौतीलाई मिलाएर अवस्था हेरेर कम्परमाइज गर्दै लैजानुपर्ने हुन्छ ।
यो क्षेत्र नै किन रोज्नु भयो ?
मेरो सानैदेखि रुचि हो । मलाई गीतसङ्गीतमा अत्यधिक मन पर्थ्यो। यसैले गर्दा पनि होला म यो क्षेत्रमा आइपुग्न सफल भएको ।
भिडियो सम्पादन बाहेक अन्य रुचि के के रहेका छन् ?
भिडियो कलर ग्रेडिङ सम्बन्धित नयाँ-नयाँ खोज र नयाँ-नयाँ ठाउँ घुम्न, ड्राइभिङ गर्नमा रुचि राख्छु ।
यहाँले अहिलेसम्म कुन कुन पुरस्कारबाट सम्मानित हुनु भयो?
यो स्थानसम्म आइपुग्दा पाएका केही सम्मान पुरस्कारहरूमा तेस्रो इपिक म्युजिक अवार्ड २०७८, प्रिय सी नेसनल अवार्ड २०७९, तेस्रो नेशनल काठे लोक दोहोरी म्युजिक अवार्ड २०७९, चौथो ज्योति फिल्मस म्युजिक अवार्ड २०७९ (गीत, नीरीमयाको), तेस्रो हिमालयन इन्टरनेसनल म्युजिक अवार्ड २०७९ (गीत, मायाले चलेन संसार)लगायत छन् । यस्तै, केही संघसंस्थाबाट सम्मानित पनि भएको छु ।
सम्पादन गर्दा के कस्ता कुरामा ध्यान दिनुपर्ने हुन्छ ?
सर्व प्रथम गीतको कथा वस्तुलाई अध्ययन गर्नुपर्यो, निर्देशनको इसारा अनुसार गीतको कथा वस्तु मिलाउनु¥यो, भिडियो बिटमा कटिङमा ध्यान दिनुपर्छ साथै भिडियो गीत अनुसारको सुहाउने कलरमा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ, अनि बल्ल आएर एक सफल भिडियो बन्छ ।
अहिलेसम्म आफुले सम्पादन गरे मध्येको मन परेको आफ्नो काम के हो ?
आफूले गरेका सबै काम उत्ति नै राम्रो र प्यारो हुन्छन् तर पनि ती काम मध्येमा मलाई मन परेका केही कामहरूमा ‘बिन्ती बिसाई पाउमै छोएर, यो भाग्यमा रहिनछौ, भोलि छुटेर रुनुभन्दा, नीरीमयाको, तिमी र म एउटै हुने हो, मायाले चलेन संसार’लगायतका रहेका छन् ।
अन्त्यमा ?
सर्वप्रथम त मलाई मेरो कार्यको बारेमा राख्ने अवसर दिएको हार्दिक धन्यवाद दिन चाहन्छु । अहिलेसम्म मेरो कामको मूल्यांकनगरी मलाई कामको जिम्मेवारी दिनुहुने सम्पूर्णमा धन्यवाद साथै मेरो कामलाई हेरेर मन पराइ दिनुहुने भगवानरूपि दर्शकहरूमा हृदयदेखि नमन गर्न चाहन्छु । तपाईँहरूको माया, साथ,सहयोगले आज यो स्थानमा छु। आगामी दिनमा पनि यहाँहरूको यस्तै निरन्तर माया, साथ सहयोग पाउने अपेक्षा सहित सम्पूर्णमा धन्यवाद छ।