Sujang

शनिबार सुदुरपश्चिमका चार जनामा कोरोना पुष्टि

Ban
Krishi

कैलाली-सुदूरपश्चिम प्रदेशमा शनिबार चार जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ।
चार सय ६२ जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा गरेको परिक्षणमा पोजेटिभ देखिएकामा तीन जना कैलाली र एक जना कञ्चनपुर जिल्लाका रहेको जनाएको छ।

यसअघि शुक्रबार पनि सात जनामा कोरोना पोजेटिभ देखिएको थियो।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.