Sujang

तिमी छाै र पो, यो जिन्दगानी न्यास्रो लाग्छ

माेहन ठकुल्ला ,डोटी                                        “गजल “
तिमी छाै र पो, यो जिन्दगानी न्यास्रो लाग्छ ।
गमलाको फूल जस्तो जवानी न्यास्रो लाग्छ।।
आकाशमा कालो बादल गर्जी रहेको दिन ।
निरन्तर झरीपछि घामपानी न्यास्रो लाग्छ ।।
खानामा नुनले मात्र कहाँ स्वाद दिन सक्छर।
सधैँ नुनलाई पनि त खुर्सानी न्यास्रो लाग्छ ।।
हिजो आमा बेचेर नै , आज चोली सिउनेहरू।
अब कहिलेसम्म हुन्छ, निगरानी न्यास्रो लाग्छ ।।
फूल रोप्नेहरू भन्दा,सिउरिनेहरूको खिचातानी ।
छिट्टै अन्त्य हुन् जरुर छ, कहानी न्यास्रो लाग्छ।।
Salmuni
Leave A Reply

Your email address will not be published.