Sujang

राष्ट्रपति रङिन शिल्डको उपाधि पद्म पब्लिकलाई

डोटी  :  दिपायल सिलगढी नगर पालिकास्तरीय तेस्रो राष्ट्रपति रङिन शिल्ड प्रतियोगिता सम्पन्न भएको छ।
सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै पद्म पब्लिक मुक्ति नारायण उच्च माध्यमिक विद्यालयले राष्ट्रपति रङिन शिल्ड हात पारेको हो ।
खेलमा ४२ पदक मध्ये २१ स्वर्ण पदक १० रजत पदक ४ कास्य पदक सहित ३५ पदक हासिल गर्दै प्रथम भएको छ।
त्यस्तै १० स्वर्ण पदक १० रजत पदक र ५ कास्य पदक गरी २५ पदक सहित सुजङ बोर्डिङ स्कूलले  दृतिय स्थान हासिल गर्न सफल भएको छ।
त्यस्तै  ४ स्वर्ण पदक २ रजत पदक र ५ कास्य पदक सहित ११ पदक प्राप्त गर्दै सुना देवी माध्यमिक विद्यालयले तृतीय स्थान हात पार्न सफल भएको छ ।
प्रतियोगिताका विजेताहरूलाई शिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरिएको छ।
स्थानीयस्तरमा रहेका खेलाडीको क्षमता अभिवृद्धिका लागि पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन गरिएको नगर प्रमुख बाजि सिंह खड्काले बताए। उनले भने, ‘हामीले पालिकामा रहेका खेलाडीको प्रतिभा पहिचान र क्षमता अभिवृद्धिका लागि प्रतियोगिता सञ्चालन गरेका हौँ।`
समापन कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण सिंह, नगर उप प्रमुख कल्पना महर साउद, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ ,भैरव प्रसाद गणका गणपति जनमत कार्की ,प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमला ,वडा अध्यक्ष,विभिन्न विद्यालयकाप्रधानध्यापक, शिक्षक,शिक्षिका,विद्यार्थी,लगायतको उल्लेख सहभागी रहेको थियो ।
सिलगढीको टुडिखेलमा तीन दिन सम्म सञ्चालन भएको राष्ट्रपति रङिन शिल्ड प्रतियोगिता नगर पालिका भित्रका  १३ वटा विद्यालयको सहभागिता रहेको थियो।
Salmuni
Leave A Reply

Your email address will not be published.