Sujang

त्रिवेणी सुन्तला बाली कृषक पाठशाला सम्पन्न

Ban

असार १२ गते,डोटी : राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत कार्यक्रम कार्यान्वयन एकाइ डडेलधुराको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रमअनुसार सञ्चालित त्रिवेणी सुन्तला बाली आई.पी.एम. कृषक पाठशाला सम्पन्न भएको छ।

बडीकेदार गाउँपालिका–४ टिमुट्टामा आयोजित पाठशालाको समापन कार्यक्रम त्रिवेणी सुन्तला बाली कृषक समूहका अध्यक्ष तुलाराम जेठाराको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रममा बडीकेदार गाउँपालिकाका उपाध्यक्ष डम्बरी कलेल प्रमुख अतिथि तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ डडेलधुराका कार्यालय प्रमुख पिताम्बर बस्नेत विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। साथै, बडीकेदार गाउँपालिका–४ का वडा अध्यक्ष कर्णबहादुर जेठारा अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

Krishi

कार्यक्रमको सञ्चालन नायब सुब्बा जगदीश तिवारीले गर्नुभएको थियो। पाठशालामा सुन्तला खेतीको व्यवसायीकरण, एकीकृत शत्रुजीव व्यवस्थापन (आई.पी.एम.), रोग तथा कीरा नियन्त्रण, उत्पादन वृद्धि तथा कृषकको क्षमता अभिवृद्धिसम्बन्धी विषयमा प्रशिक्षण र अन्तरक्रिया गरिएको थियो।

समापन समारोहमा पाठशालामा नियमित तथा सक्रिय सहभागिता जनाएका कृषकहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले आधुनिक कृषि प्रविधिको प्रयोग, व्यावसायिक सुन्तला खेतीको विस्तार र किसानको आयआर्जन वृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा कृषक, जनप्रतिनिधि, कृषि प्राविधिक तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी कृषकहरूले पाठशालाबाट प्राप्त ज्ञान, सीप र प्रविधिलाई व्यवहारमा लागू गर्दै सुन्तला उत्पादन तथा गुणस्तर वृद्धि गर्न प्रतिबद्धता व्यक्त गरेका छन्।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.