Sujang

डोटीको जोरायल गाउँपालिकाले ल्यायो ६४ करोड, ४१ लाख, ७० हजारको बजेट

Ban
Krishi

असार १० डोटी :डोटीको जोरायल गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट सार्वजनिक गरेको छ । गाउँसभाको २३ औं अधिवेशनको पहिलो बैठकमार्फत कूल रु. ६४ करोड, ४१ लाख, ७० हजार बराबरको अनुमानित बजेट सार्वजनिक गरेको हो । जोरायल गाउँपालिका उपाध्यक्ष जमुना कुमारी बोहराले उक्त बजेट बुधबार गाउँसभा समक्ष पेश गरेकी हुन् ।
गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाको सभाअध्यक्षतामा आयोजित गाउँसभाको २३ औं अधिवेशनको पहिलो बैठकमा जोरायल गाउँपालिकाको आर्थिक विधेयक, २०८३, जोरायल गाउँपालिकाको विनियोजन विधेयक, २०८३, आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य, न्यायिक समितिको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन र राजश्व परामर्श समितिको आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदन पनि पेश गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँ अधिवेशनको दोश्रो बैठक भोलि असार ११ गते बिहान ८ बजेका लागि बोलाईएको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.