Sujang

३ हजार ९ सय ८८ जना बालबालिकालाई शैक्षिक सामाग्री

Ban

गणेश मौनी ,माघ २५ डोटी:समान पहुच बिकास केन्द्र डोटीले डोटीमा ३ हजार ९ सय ८८ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।

Krishi

वल्र्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा समान पहुच बिकास केन्द्रले डोटीको आदर्श गाउँपालिका, सायल गाउँपालिका, पुर्विचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका कार्यक्षेत्रमा दर्ता गरिएका आर. सि. बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको समान पहुच बिकास केन्द्र डोटीका बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजना संयोजक सुनिल जोशीले बताए।

बालबालिकालाई अध्ययन प्रति रुचि र शैक्षिक गुणस्तर अभिबृद्धी गर्न सहज होस भन्ने हेतुले दर्ता गरिएका आर सि बालबालिका हरुलाई शैक्षिक सामाग्री बितरण गर्नुका साथै अभिभावक र बालबालिकाहरुलाई बालबिबाह न्यूनिकरण सम्बन्धी जानकारी गराईएको समेत संयोजक जोशीले बताए।

डोटीको आर्दश गाउँपालिकाका १ हजार ४ सय ९७ जना, सायल गाउँपालिकाका ७ सय ४४ जना, दिपायल सिलगढी नगरपालिकाका ६ सय जना, पुर्विचौकी गाउँपालिकाका ११ सय ४७ जना गरि ३ हजार ९ सय ८८ जनालाई गरि २९ लाख ५२ हजार ८ सय ६१ रुपयाँ बराबरको शैक्षिक सामाग्री बितरण गरिएको संस्थाले जनाएको छ । जसमा कक्षा ४ देखी माथीका बिद्यार्थिहरुलाई कापी, डडपेन बितरण गरिएको थियो भने ३ कक्षा भन्दा मुनिका बिद्यार्थिहरुलाई कापी, पेन्सील, ईरेजर, पेन्सील कटर बितरण गरिएको र कलर पेन्सील सिई डब्लु कार्यक्रम संचालन गर्ने समयमा बितरण गरिने योजना रहेको समेत संस्थाले जनाएको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.