Sujang

सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित, विश्वासको मत पाउन मुख्यमन्त्री रावललाई सकस

Ban

धनगढीः सुदूरपश्चिम प्रदेश सभाको पहिलो अधिवेशनको सातौ बैठक स्थगित भएको छ। बैठक भोलीसम्मका लागि विशेष कारणवश स्थगित भएको बताइएको छ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज प्रदेशसभामा विश्वासको मत लिने तयारी थियो। तर कारणवश बैठक स्थगित भएको हो।

आज दिउँसो १ बजे प्रदेशसभाको बैठक बोलाइएको थियो। तर मुख्यमन्त्रीले विश्वासको मत लिन नपाउँदै बैठक स्थगित भएको छ। अर्को बैठक भोली दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगित भएको प्रदेश सभा सचिवालयले सुचना जारी गरेर जानकारी गराएको हो।

प्रदेशसभामा सरकार गठनका लागि निर्णायक भूमिकामा रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने बताएपछि मुख्यमन्त्री रावलको पद सङ्कटमा परेको छ। टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय भुक्तान गरिरहेका रेशम चौधरीको रिहाइ हुनुपर्ने माग राखेको नागरिक उन्मुक्ति पार्टीले उक्त माग सम्बोधन नभएको भन्दै विश्वासको मत नदिने बताइरहेको छ।

मंगलबार नागरिक उन्मुक्ति पार्टीका सात प्रदेशसभा सदस्य र अध्यक्ष रञ्जिता श्रेष्ठले रेसम चौधरीलाई कारागारमै पुगेर भेट गरेका थिए। उक्त भेटमा सरकारलाई माग सम्बोधन नभएसम्म विश्वासको मत नदिनेबारे छलफल भएको हो। नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम संसदीय दल सचेतक लक्ष्मण किशोर चौधरीले सरकारलाई माग सम्बोधन नभएसम्म विश्वासको मत नदिने बताए।

नागरिक उन्मुक्तिले विश्वासको मत नदिएको खण्डमा मुख्यमन्त्री रावलले बहुमत पु¥याउन नसकी राजीनामा गर्नुपर्ने हुन्छ। त्यसपछि १९ सदस्यसहित पहिलो दल रहेको नेपाली कांग्रेसको नेतृत्वमा प्रदेश सरकार गठनको प्रक्रिया अघि बढ्ने छ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.